गौरीघाट र फिटनेश हबलाई रस्साकसी प्रतियोगिताको उपाधि

पाेखरा | पुस १७, २०८०

गौरीघाट र फिटनेश हबलाई रस्साकसी प्रतियोगिताको उपाधि

पोखरा:   रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश: नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, आयोजक रेवानमा महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महिला खेलका सह–संयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले लगायतले पुरस्कार प्रदान गरेका थिए । महोत्सव अन्र्तगत खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


यसैविच पाँच दिने पोखरा सडक महोत्सव सोमबार रातिदेखि अनौपचारिक रुपमा सम्पन्न भएको छ । त्यसअघि आइतबार मध्यरातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो । नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटकहरु लेकसाइडको सडकमा पुगेका थिए । महोत्सव सफल पार्न सहयोग गर्ने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रायोजक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्थानिय आमा समुह, युवा समुह लगायतलाई रेवान पोखराले कृतज्ञता जाहेर गरेको छ । ‘सबैको सहयोगमा यो महोत्सव सफल भएको छ, उहाँहरु सबैजना धन्यवादका पात्र हुनुहुन्छ’–आयोजक संस्थाका महासचिव विकास भट्टराईले भने । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्